स्कटल्यान्डद्दारा नेपाल ८ विकेटले पराजित

 #नेपाली क्रीकेट     २०७९, २ श्रावण सोमबार ०८:५१     141 जनाले पढ़िसके



Spread the love

नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्यान्डले १९ ओभरमा नै २ विकेट गुमाएर पूरा गरेको थियो। स्कटल्यान्डका कलुम म्याकलेओडले ६४ रनको योगदान गर्दा केली कोएट्जरले अविजित ४४ रन र क्रिस्टोफरले १० रन बटुले। नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०-१० रन बनाएका थिए।

स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिएका थिए। गाभिन मेनले २ विकेट लिए। हारसँगै नेपालले सिरिजको ४ खेलमा मात्र एक मात्र जित निकाल्न सफल भएको छ।

लिग-२ को अंकतालिकामा नेपाल छैटौं स्थानमा छ।