नेपालले क्यानडाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

 #नेपाली क्रीकेट     २०७९, २२ असार बुधबार २१:०५     116 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएका छन् । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडाविरुद्ध खेल्न लागेको हो ।

नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, बासिर अहमद, पवन सर्राफ, आदील अन्सारी ।