वर्षाको कारण नेपाल र क्यानडाबीचको खेल रद्द

 #नेपाली क्रीकेट     २०७९, २२ असार बुधबार १०:२८     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल र क्यानडाबीचको हिजो पहिलो एकदिवसीय क्रिकेट खेल रद्द भएको छ ।

घरेलु टोली क्यानडासँग किङ सिटी स्टेडियममा तय खेल टस समेत नभइ वर्षाका कारण रद्द भएको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

नेपालले सुरुवाती दुई अभ्यास खेलमा क्यानडाकै ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो । यीमध्ये पहिलो एकदिवसीय र दोस्रो टि–२० थिए ।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

नेपालले त्यहाँ घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग विश्वकप लिग टू अन्तर्गतका खेल खेल्नेछ ।