एसीसी टी–ट्वान्टी महिला च्याम्पियनसिप : नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

 #नेपाली क्रीकेट     २०७९, ४ असार शनिबार १५:४९     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं– मलेसियामा जारी एसीसी टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाले कुवेतलाई १०८ रनको लक्ष्य दिएको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।

नेपालका लागि कप्तान रुविना श्रेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन्। त्यस्तै, इन्दु बर्माले २८ रन बनाउँदा ज्योति पाण्डेले १५ रन जोडिन्।

नेपालकी बिन्दु रावलले ११ रनको योगदान गरिन्। बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन्। मारियम ओमार र खादिला खाजिलले एक–एक विकेट लिए। शनिबारको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ। लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने रणनीति नेपालको छ। फोटो : फाइल