टस जितेर नेपालले ब्याटिङ्ग रोज्यो, कुशल र आसिफ ओपनर

 #नेपाली क्रीकेट     २०७९, २८ जेष्ठ शनिबार २१:२५     78 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा आज नेपालले अमेरिकाविरुद्ध खेल्दै छ ।

अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपाली कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपाली ओपनर कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् । यस अघि ओमानविरुद्ध घाइते भएका कारण दुवै अनुपस्थित थिए ।

आज कुशल र आसिफसहित देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदील अन्सारी, कारण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र सुशान भारी खेलिरहेका छन् ।नेपालले ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको थियो । फोटो : फाइल