नेपाल र जिम्बावे बिचको एकदिवसीय श्रृङ्खलामा नेपाल २-१ ले विजयी

 #नेपाली क्रीकेट     २०७९, २६ बैशाख सोमबार १९:४८     105 जनाले पढ़िसके



Spread the love

नेपालले घरेलु मैदानमा जिम्बाबे विरुद्धको एकदिवसीय श्रृङ्खला जितेको छ। सोमबार भएको तेस्रो एकदिवसीय खेलमा ६ विकेटले पराजित गर्दै नेपालले श्रृङ्खला जितेको हो।

सोमबार जिम्बाबेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि कुशल भुर्तेलले ८४, दीपेन्द्रसिंह ऐरीले ६०, आसिफ शेखले २९ र विनोद भण्डारीले २८ रन बनाए।

जिम्बाबेका लागि ब्रान्डन मवुताले तीन र ब्राड इभान्स्ले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको जिम्बाबेले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो। ताडिवानासे मरुमनीले ५० रन बनाएका थिए। नेपालका लागि किशोर महतोले पाँच, सोमपाल कामीले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

आजको खेलमा किशोर महतो प्लेअर अफ द म्याच भए। त्यस्तै, करण केसी प्लेअर अफ द सिरिज भए।

तीन खेलको श्रृङ्खलामा नेपालले दुई र जिम्बाबेले एक खेल जितेको छ। यसअघि तीन खेलको टी-२० श्रृङ्खला बराबरीमा टुङ्गिएको थियो।