आईएमई पे क्यान इन्फोटेक २०२२ बुधबार सुरु भएको छ।२७औं इन्फोटेक काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म हुने भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधिलाई देश विकासको स्रोतका रूपमा लिएको बताएका छन्।
कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरी नीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको छ’, उनले भने, ‘आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुनेछ।’
आयोजकले सर्वसाधरणले नयाँ नयाँ प्रविधिको अनुभव गर्न पाउने जानकारी दिएको छ।
रोवटिक्स, नेटवर्किङ, कम्प्युटर, इलेक्ट्रोनिक्स, सफ्टवेयरलगायतका वस्तु प्रदर्शनीमा राखिएको छ।
क्यानले साढे ३ लाख जनाले अवलोकन गर्ने अनुमान गरेको छ। सन् १९९५ मा क्यान इन्फोटेक सुरु भएको थियो।