त्रिकोणात्मक टी-२० सिरिज – पपुवा न्यू गिनीद्दारा मलेसिया पराजित

 संवाददाता    २०७८, १८ चैत्र शुक्रबार १६:३८     107 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यू गिनी पीएनजीले शानदार जित निकालेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । पीएनजीको जितमा टोनी उराले नट आउट ८६ र असद भालाले नट आउट ७४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएपछि पीएनजीले १९७ रनको विशाल लक्ष्य पाएको थियो । पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ विकेट लिए ।