काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।
नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो ।
घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दैछ ।