सुर्खेत । तीन जिल्लामा नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । बुधबार साँझ ५ बजेबाट नेपाल टेलिकममा सबै सेवा अवरुद्ध भएको हो ।
दाङ जिल्लाको घोराही तुल्सीपुर खण्डमा डोजरले नेपाल टेलिकमको फाइबर तार काटिंदा कर्णाली तीन जिल्लामा फोन सँगै इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
फाइबर काटिएसँगै कर्णालीका सल्यान रूकुम पश्चिम सहित जाजरकोट जिल्लाका केहीँ स्थानमा समेत सेवा अवरुद्ध भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख सन्तोस शर्माले जानकारी दिए ।
अहिले प्राविधिक टोली उक्त स्थानमा खटिएर मर्मत गरिरहेको नेपाल टेलिकम सुर्खेतले जनाएको छ ।