अब खानेपानी महशुल ई-सेवाबाट भुक्तानी गर्न सकिने

 संवाददाता    २०७८, ३० फाल्गुन सोमबार १९:२४     358 जनाले पढ़िसके



Spread the love

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को खानेपानी महशुल ई-सेवाबाट भुक्तानी गर्न सकिने भएको छ।

खानेपानी सम्झौतामा ई-सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामुका उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्‍ताक्षर गरेका हुन्।

सम्झौतासँगै ई-सेवा मार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगंज शाखाका ग्राहकले ई-सेवाबाटै महशुल भुक्तानी गर्न सक्ने भएका छन्। उक्त सम्झौताले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ।