मेटा नाम बाट लन्च हुंदै फेसबुकको पहिलो फ्रंट क्यामरायुक्त स्मार्टवाच।

 संवाददाता    २०७८, १८ कार्तिक बिहीबार १६:२२     164 जनाले पढ़िसके



Spread the love

फेसबुकले निकाल्न लागेको स्मार्टवाच सन २०२२ को सुरुवातमा लन्च हुने कुरा सार्वजनिक भएको छ। मिडिया रिपोर्टका अनुसार यो वाचमा फ्रन्ट क्यामेरा पनि हुनेछ र यो विश्वको पहिलो फ्रन्ट क्यामेरायुक्त स्मार्टवाच हुनेछ।टेक जाएंट Facebook को नाम परिवर्तन गरेर Meta भइसकेको छ । अब नयाँ स्मार्टवॉच पनि मेटा नाम बाट लन्च गर्ने कुरा आइरहेको छ।नयाँ नाम को साथ आउने यो कंपनी को पहिलो ग्याजेट हुनेछ। यसको खास विशेषता यो हुनेछ कि यो फ्रन्ट क्यामरा को साथ लॉन्च हुनेछ। यसको ग्लास को विकास Ray-Ban संग मिलेर तयार गरिनेछ। अब बुझौं यसको डिजाइनको बारेमा मीडिया रिपोर्ट्स का अनुसार Meta Smartwatch राउंड स्क्रीन हुनेछ भने यसको स्क्रीन कर्भ्ड हुनेछ। यसको डिस्प्ले केहि हद सम्म एप्पल वाच संग मिल्दोजुल्दो हुनेछ।यो स्मार्टवॉच को दायाँ साइड मा एउटा बटन पनि हुनेछ। मेटा वाचको स्ट्रिप अलग्गै आउनेछ।यो स्मार्ट्वाचमा धेरै किसिमका फिटनेस ट्र्याकिङ्ग फिचर आउनेछ। Meta Watch मा सेलुलर कनेक्शन दिइनेछ, जसबाट आराम संग म्यासेज पनि गर्न सकिनेछ। यसमा उपलब्ध क्यामेराद्दारा भिडियो कॉन्फ्रेंसिंग पनि गर्न सकिनेछ। फ्रंट क्यामेरा को साथ आउने यो पहिलो स्मार्टवॉच हुनेछ।यो वाच कंपनीले २०२२ को शुरुआत मा लन्च गर्न सक्छ। Meta Watch एंन्ड्रोइड र आईओएस दुवै फोनमा कनेक्टिङ गर्न सकिनेछ।यो वाच ले एप्पल को स्मार्टवॉच लाई टक्कर दिने विश्वास गरिएको छ।एप्पल को स्मार्टवॉच धेरै रुचाइएको ग्याजेट्मा पर्छर धेरै विक्ने वाचमा एप्पल वाच पर्छ।