खानेपानी प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइने

 संवाददाता    २०७८, ५ कार्तिक शुक्रबार १३:४६     168 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम – जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिजो (बिहीबार) ६२ जनालाई पक्राउ गरेकोमा १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताएका छन् ।

१७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिन लागिएको उनले बताए । बाँकी भने रिहा भइसकेका छन् ।

प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य संजयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, दुर्योधन यादव, सिरहाकै सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाइने भएको हो ।

यसैगरी धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल छन् ।