विराटनगरको काँग्रेस सभापतिमा दीपक चापागाईँ निर्वाचित

 संवाददाता    २०७८, १७ आश्विन आईतवार ०८:४७     240 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली काँग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन्।

आज (आइतबार) बिहान आएको मत परिणाम अनुसार चापागाईँ २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए।

सभापति जितेका चापागाईँ काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवा निकट हुन्।

सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए। उनीहरू दुवै जना शेखर कोइराला पक्षका हुन्।

यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।