दुई गोदाममा बैध रूपमा जम्मा गरि राखेको करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको मालसामान बरामद

 संवाददाता    २०७६, ३ कार्तिक आईतवार ०७:५१     317 जनाले पढ़िसके



Spread the love

महेश सिंह , सिरहा ३ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका -४ स्थित दुई गोदाममा प्रहरीले छापामारी गरिएको छ। विशेस सूचनाको आधारमा प्रहरीले छापा मारी गर्दा ठुलो परिमानको खाधानय बस्तु सर सममान प्रहरीले बरामत गरेको हो । भारत बाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदाम बाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको मालसामान बरामद गरेको ईलाका प्रहरी कार्यालय लहानको ईन्स्पेकटर सुमित कुशवहाँको कमान्डमा खटिएको टोलिले छापा मारेको हो । विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताएका छन। बरामद गरिएको माल सामान आबशयक कार्वाही को लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले बताएका छन। तस्करले अबैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्‍याउने गरेको देखीन्छ । सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो सिरहाको लागी पहिलो घटना हो भने जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।