सिरहामा अबैध लागु औषध सहित महिला समातिए

 संवाददाता    २०७६, १७ श्रावण शुक्रबार ०२:०९     392 जनाले पढ़िसके



Spread the love

महेश सिंह महतो श्रावण १७ सिरहा ।सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक ब्यापारी महिला पक्रउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४२ बर्शिय सिया कुमारी महतो लाई लागुऔषध १ केजि ५०० ग्राम गाँजा सहित एक ब्यापारी महिला पक्रउ परेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजर वाट ११ वजेको समयमा प्र.नि. नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले ४६ बर्शिय सिया कुमारी महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घर वाट वरामत भएको प्रहरीले जनाएको छन । पक्राउ परेकी महतो लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।