सिरहाको धनगढीमाईमा सिभिल बैंक को नयाँ शाखा

 संवाददाता    २०७६, २३ असार सोमबार ०६:५७     361 जनाले पढ़िसके



Spread the love

मनोज बनैता, लाहान आषाढ २३ । सिभिल बैंकले सिरहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल बैंकका प्रबन्धक रामपुकार यादवलाई आग्रह समेत गरे । त्यसै गरि सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने भनाइ राखे। हाल सिभिल बैंक को जम्मा ८५ शाखा रहेको छ भने प्रदेश २ मा जम्मा ९ शाखा छन । केही दिनमै १५ पुर्याईने जानकारी प्रदेश -२ का प्रमुख दिपक श्रेष्ठले दिए ।