सिरहामा ट्रकको ठक्कर बाट एक पैदलदल यात्रीको घटनास्थलमै मृत्यु

 संवाददाता    २०७६, ८ असार आईतवार ०१:३७     326 जनाले पढ़िसके



Spread the love

महेश सिंह महतो सिरहा ७ असार। सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ८ स्थित ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिवार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा आफ्नो गाडी नियन्त्रण हुन नसक्दा दुर्घटना ड्राइभरलाई उदद्धृत गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।