सिरहाको दलित र बितपन विद्यार्थीहरु पाएनन छात्रवृति

 संवाददाता    २०७६, २७ जेष्ठ सोमबार १६:४७     314 जनाले पढ़िसके



Spread the love

महेश सिंह महतो , २८ जेष्ठ सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित रहेको आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित तथा पितपन विद्यार्थीहरु छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा बजेट निकासा नदिँदा उत विद्यालयका करीब एक सय भन्दा बढी दलित विद्यार्थीहरु अहिले सम्म छात्रवृत्ति नपाउदा निरासा भएका छन । गत वर्ष २०७४ चैत महीना यता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेकोले सो विद्यालयका विद्यार्थीहरुले गुनासो गरेका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक सुफल सदाले बताए । गत वर्ष विद्यालयले छात्र वृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए । छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकोले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताए । यादवको अनुसार नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे ता पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवले बताएका छन। मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताएका हुन ।