प्रहरी दारा बिपत जोखिम न्यूनीकरण जनचेतना अभियान शुरु

 संवाददाता    २०७६, २२ जेष्ठ बुधबार ०४:३७     449 जनाले पढ़िसके



Spread the love

राजेन्द्र महतो लहान ।सिरहाको लहान नगरपालिका स्थित रहेका निजी तथा सामुदायिक सरकारी विद्यालय मा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहान ले बिपत जोखिम न्यूनीकरण जनचेतना अभियान सम्बन्धि कक्षा शुरु गरेको छ। गत बैशाख देखि शुरु गरेको सो अभियान कक्षामा लहान न- पा- को पेरागन , लिटटल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ , बस्तीपुर उच्च मा बि र शारदा उच्च मा बि लगायत का विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएको लहान बेस क्याम्प का डि- एस -पि -प्रेम रावल ले बताएका छन । उक्त अभियान कक्षा प्रत्येक विद्यालयहरुमा क्रमश जारी गरिने समेत डि- एस- पि- रावल ले बताएका छन ।</p>