सिरहाको बिभिन्न ठाउँ र बजारहरुमा कार्पेडहालेको आँप छयापछया

 संवाददाता    २०७६, १९ जेष्ठ आईतवार १६:५२     471 जनाले पढ़िसके



Spread the love

महेश सिंह महतो जेष्ट २० सिरहा लहान ।सिरहालगाईत सिरहा जिल्लाको बिभिन्न ठाउठउमा कारपेड हालेका अाँफ छयापछयाप गरीरहेको छ। नेपालको मुलुक देश भारत बाट बेपारीहरु आँफकोराजधानी मानि सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन । यहाका स्थानीय किसानको बगैँचामा फलेको आँफ असारको तेस्रो सातापछाडि मात्र पाक्ने भएकोले भारतको विभिन्न स्थानका फलफूल गोदाममाहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँप हरु लहान,भगबानपुर ,,भोटीया चौक ,छपरारी,धनगडी,जिरोमाईल,गोलबजार,मिरचैया सिरहालगाईत सिरहा जिल्लाको बिभिन्न ठाउठउमा कारपेड हालेका आँप धामाधम बिक्रि भईरहेको स्थानियहरु बताएका छन। कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको यहाका स्थानीयवासीहरुको गुनासोरहेक‌‌‌ा छन। आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कल पाँच हजार सात सय ५५ हेक्टर आँप खेतीयोग्य जग्गा छ । सिरहामा फल्ने आँप बिराटनगर, काठमाडाँै, पोखरासहित चितवन ,ईलाम , लगायत देशको बिभिन्न भागमा र भारतको अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।