अमेरिकामा”भिजिट मधेस”

 संवाददाता    २०७६, १४ जेष्ठ मंगलवार १३:४८     596 जनाले पढ़िसके



Spread the love

न्युयोर्क,जेठ १४ नेपाल डे को अवसरमा भिजिट मधेश नेपाल अभियानले अमेरिकाको राजधानी न्युयोर्कमा प्रर्दशन गरेको छ । तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवर्द्धनको लागी जारी भिजिट मधेस नेपाल अभियानले नेपाल डे को अवसरमा न्युयोर्कमा बैनर सहित ¥याली निकालेका थिए । नेपाल भ्रमण गर्ने आउने पर्यटकहरुलाई तराई मधेसको गन्तव्यको पनि भ्रमण गर्नु पर्ने जोड दिदै न्युयोर्कमा दोस्रो पटक कार्यक्रमको आयोजना गरिएको अभियानका ग्लोबल कोर्डिनेटर राज सरार्फले बताउनुभयो ।सर्राफको नेतृत्वमा गरिएको कार्यक्रममा अभियानले डिजिटल प्लेटफर्म वेबसाईट ,मोबाइल एपको पनि सार्वजनिकिकरण गरिएको थियो । तराई मधेसमा पर्यटनको बिकास गर्ने र मधेसको बिकास उत्थानमा टेवा पुर्याउने उदेश्यका साथ अभियान संचाल्न गरिएको संयोजक सरार्फले बताए।तराई मधेसको पहिचानलाई उजागर गर्नलाई नेपालको इतिहास मै पहिलो पटक यस्तो प्लेटफर्म तयार गरिएको ग्लोबल संयोजक राज सरार्फको दावी छ । ¥यालीमा अमित सिह,बिनोद साह,सुभास कुमार बैठा,हेमन्त सिह,रुबि साह,मनोज सिह,नारायण साह,सुनिल मेहता,कुनाल पटेल,कुन्दन साह लगायतका भिजिट मधेस अभियान संग सद्भाव राख्ने सयौं ब्यक्तिहरुको सहभागीता रहेको थियो।तराई मधेसको पहिचान र धरोहरलाई राष्ट्रिय र बिश्वब्यापी रुपमा उजागर गर्दैे सरकार,एवं उदेश्य मिल्ने संघ(संस्था,संग समन्वय गरी अभियानलाई दिगो र परिणाममुखी बनाईने अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फले बताए । यो अभियान सफल बनाउनको लागि वातावरण तयार गर्न राष्ट्रिय टिम,प्रादेशिक टिम एवं २२ वटै जिल्लामा स्थानीय टिम एवं करिब एक दर्जन देशमा अन्तर्रा्ष्ट्रिय टिम गठन गरिएको र सबैले उत्साहका साथ अभियानमा लागेको संयोजक सरार्फले बताए।