असहाय संरक्षणमंच को अगुवाइमा स्कुलमा बृहत् सरसफाइ

 संवाददाता    २०७६, १० जेष्ठ शुक्रबार १३:४३     372 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम उप महानगरपालिका वार्ड नम्बर १९ स्थिति श्री जनता मा वि स्कुलमा आज शुक्रबार अशहाय संरक्षण मंच को अगुवाइमा तथा धनुषाका प्रमुख जिल्ला अधिकारि प्रदीप राज कनेलका प्रमुख आतिथ्य मा सरसफाइ तथा शैक्षिक जागरण कार्यक्रम गरेका छन । जनकपुरधाम उप महानगरपालिका वार्ड नम्बर १९ का वार्ड अध्यक्ष जगदीश यादव

को अध्यक्षता मा भएको सरसफाइ तथा शैक्षिक कार्यक्रम का प्रमुख अतिथि प्रजिय प्रदीप राज कनेलले आफ्नो गाउँ ठाउँ ,स्कुल वातावरण मैत्री सरसफाइ युक्त राख्नुपर्ने धारणा राखेका छन । उनले भने सकारात्मक परिवर्तनको समबाहक आफैं बाट गर्नुपर्ने कुरामा जोड दिइएका छन ।साथै स्कुलको कक्षाकोठामै पुगि विद्यार्थीहरु सँग अन्तरक्रिया गरेका थिए । नगरीक समाजिक उत्तरदाइत्व अन्तरगत प्रत्येक नागरिक समाज ले सक्दो समाज बिकास मा जोडदिनुपर्ने धारण राखेका छन । यस् कार्यक्रम मा स्थानीय नागरिक समाज ,समाजिक अभियन्ता , सहकारीकर्मी ,शिक्षक ,विद्यार्थीहरु को उल्लेख सहभागिता रहेका थियो । सरसफाइ कार्यक्रम मा असहाय संरक्षण मंच का अध्यक्ष बैजनाथ साह,सफाइ अभियानी रुबि झा , संजु यादव ,राजेन्द्र साह,दिपक चौधरी ,सहकारीकर्मी ध्रुव नारायण यादव ,स्कुल प्र अ भागेन्द्र यादव ले अ आफ्नो धारणा राखेका छन ।