नेपाल कम्युनिषट पार्टी ( ने क पा) शहिदनगर नगरपालिका द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रदान

 संवाददाता    २०७५, ५ चैत्र मंगलवार ०३:५८     318 जनाले पढ़िसके



Spread the love

चैत्र ५ । नेपाल कम्युनिषट पार्टी ( ने क पा) शहिदनगर नगरपालिका द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेकपा को वरिष्ठ केन्द्रीय सदस्य तथा क्रान्तिकारी नेता श्रवण बरबरिया यादव को प्रमुख अतिथि मा भएको पार्टी प्रवेश कार्यक्रम मा फोरम पार्टी परित्याग गरि विनदेशर गोईत लगायत सईऔ नेता तथा कार्यकर्ता हरु पार्टी प्रवेश गरेका थिए। नव परवेसिहरु लाई प्रमुख अतिथि बरबरिया ले फुल माला र शहिदनगर नगरपालिका का मेयर तथा नेकपा को प्रदेश नं २ प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव ले अविर लगाई पार्टी प्रवेश गराएका थिए। उक्त पार्टी प्रवेश कार्यक्रम मा नेकपा का नेताहरु तनुकलाल कुसियत,रामदेव मरिक, रामकिशोर पासवान, बैजनाथ मण्डल, बीरेन्द्र मण्डल, रुपेश बिराज ,राकेश बिराजि,शिवकुमार गोहिवार, सुरेश पासवान, सुरेन्द्र राइ , अरविंद भिनवार लगायत नेताहरु को उपस्थिति रहेको थियो । धनुषा शहिद नगर न.पा.वडा न.८ विसरभोरामा फोरम परित्याग गरि ने.क.पा.मा प्रवेश गर्ने प्रभावशाली नेता विन्देशवर गोइत,रामचन्द्र दास,कलेश दास,राजगिर दास,पबितर दास,सहदेव दास,श्चकृषण दास,रविन दास,दिनेश दास,विल्टु दास,राजकुमार दास,सत्यनारायण राय,रामविलास कुर्मी,महिन्द्र,सुर्यनाथ दास,रामबाबु दास,भिलाइ दास,भुला दास,कारी दास,कमलदेव,भोदु यादव,भोलु गोइत,भुला वुलगरिया,मोहन ठाकुर,लगायतका प्रवेश गरेका छन। मिथिला नाटय कला का कलाकारहरु ले गाएका होलीको जोगिरा गितहरु मा झुमेर नेता तथा कार्यकर्ता हरुले एकआपसमा अविर लगाई होली पर्व मनाएका थिए।