राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर परिवार र सांस्कृतिक महत्वका सम्पदाका लागि निःशूल्क मिटर वितरण गर्ने काम आज (विहिबार) बाट सुरु गरिएको नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादबले बताए । निःशूल्क मिटर वितरण योजना अन्तर्गत पहिलो चरणमा मिर्चैया नगरपालिका बडा नं. २ मा २५ गरीब घरपरिबारलाई बिद्युत मिटर प्रदान गरिएको उनले बताए ।मिर्चैया नगरपालिका बडा नं. २ मा एक कार्यक्रमबिच फ्यूज सेवाको आजै समुदघाटन गरिएको छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । टाढाका उपभोक्तालाई समान्य समस्याका लागि मिर्चैया धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले सेवा विस्तार गरिएको प्रमुख महतोले बताए । फ्यूज सेवा मार्फत तत्कालै बिद्युतको समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदले बताए ।