‘जनताको कचहरी कार्यक्रम’-कानुन उत्पीडित मैत्रीे : मन्त्री यादव

 संवाददाता    २०७५, २० फाल्गुन सोमबार ०५:०१     239 जनाले पढ़िसके



Spread the love
राम नारायण पंडित, सिरहा, २० फाल्गुन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्र्तगत ‘जनताको कचहरी कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउन लागेको कानुनहरु उत्पीडित समुदायमैत्री हुने दाबी गरे ।

जनतालाई न्याय दिलाउनका लागि जस्तो सूकै शक्तिसँग प्रदेश सरकार लड्न तयार रहेको उल्लेख गर्दै उनले पहिले जस्तो अन्याय र अत्याचार सहेर बस्नुपर्ने अवस्था अहिले नरहेको दाबी गरे । भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी दिदै उहनले बिधेयक पारित भएपछि भुमाफियाहरु पाखा लाग्ने जिकिर गरका छन् । तराई मधेशमा ठुलो समस्याको रुपमा देखिएका दहेजप्रथा, लागुपदार्थ, महिलाहिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकारले विधेयक ल्याउन लागेको उनले स्पष्ट गरे ।
52708569_407917873109270_6337043057757650944_o
प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्र रुपमा अघि बढाएको बताएका छन् । कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा उपभोगकर्ताकै नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलासा गर्दै महान्यायधिवक्ता झाले अब कसैसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुनिता राम, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, वडा अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य राखेका थिए ।