मुसहर समुदायको उत्थान नभएसम्म देश र प्रदेशको विकास हुन नसक्ने ः मन्त्री यादव

 संवाददाता    २०७५, १८ फाल्गुन शनिबार १४:२७     309 जनाले पढ़िसके



Spread the love

किशोर कुमार मंडल फाल्गुन १८ । ऋषि वंश एकता सेवा समाज नेपालको प्रथम वार्षिक साधरण सभा सम्पन्न भएको छ । ऋषि वंश एकता सेवा समाज नेपालका अध्यक्ष लक्ष्मी सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मुुुसहर समुदायको अवस्था अहिले पनि समाजमा दयनीय रहेको बताउंदै मुसहर समुदायको उत्थान नभएसम्म देश र प्रदेशको विकास हुन नसक्ने बताएका छन । उनले जातीय छुवाछुत संविधानमा मात्र उल्लेख मात्र भएर केही नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्नेैमा जोड दिएका छन । कार्यक्रममा प्रदेश सभासदस्य मन्जु यादव , चन्देश्वर सदा , शिव सदा , सुमन सदा सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।