प्रजातन्त्र दिवसमा नेवि सँघले फलफूल वितरण गरे

 संवाददाता    २०७५, ७ फाल्गुन मंगलवार १५:४६     312 जनाले पढ़िसके



Spread the love

नवसंग्राम दैनिक लहान, ७ फागुन । नेपाल विद्यार्थी सँघ सिरहाले आज ६९ औ प्रजातन्त्र दिवसको अबसरमा फलफुल वितरण गरेका छन् । नेवि सँघका केन्द्रिय सहमहामन्त्री परमेशवर साहका प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उनले प्रजातन्त्र रहे देश रहन्छ भनेर आजैका दिन प्रजातन्त्र आएकोले गरिब गुरुवा बिरामीलाई फलफुल वितरण गरिएको बताउँनुभयो ।रामप्रसाद उमाप्रसाद मुरारका अस्पताल लाहानमा ७५जना बिरामीलाई जुस, स्याउ, केरा, अङ्गुर वितरण गरिएको नेवि सँघ सिराहाका जिल्ला अध्यक्ष मो.मुस्ताकले बताए । कार्यक्रममा विद्यार्थी नेताहरू सन्जिब ठाकुर ,गोपाल यादब, कपिल देब साह ,रमन यादब, मो.हुसेन, रमेश बस्नेत लगायतका विशेष उपस्थिति रहेको थियो ।