माघ २८ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ शंकराचार्य गेट स्थित सडक बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा दक्षिण रक्सौल तर्फबाट उत्तर बीरगंज तर्फ पैदल हिडी आउदै गरेको भारत वेस्ट बंगाल कलकत्ता ११ गार्गेल डाँगा मेनरोड वडा नं.२९ बस्ने महम्मद सलिमको छोरा बर्ष ३८ को महम्द सकिल र ऐ.ऐ.कलकता ११ नार्गेल डाँडा चम्ब्रु सिङलैन्ड वडा नं.२९ बस्ने महम्द फरिदको छोरा बर्ष २६ को मह्राद विलालको साथबाट लागु औषध चरेश १० पाकेट फेला परेकोले सो लागु औषध सहित निज महम्द सकिल र मह्राद विलाललाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको ।