लहानबाट लागूऔषध सहित २ युवक प्रहरीको फन्दामा

 संवाददाता    २०७५, २७ माघ आईतवार १४:३१     266 जनाले पढ़िसके



Spread the love

माघ २७ । सिरहाको लहानबाट प्रतिबन्धित लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ७ का २७ वर्षीय आशिष सिलवाल र जिल्ला सिरहा लहान नगरपालिका ३ का २५ वर्षीय राम बाबु शर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लहान नगरपालिका ३ स्थित पूर्व बसपार्कमा चेकजाँचको क्रममा सिलवालले प्लाष्टिकको झोलामा बोकेको प्रतिबन्धित लागूऔषध फेनारगन ९ एम्पुल, डाईजिल्याव ९ एम्पुल र नोर्फीन ८ एम्पुल फेला पारी पक्राउ गरीएको हो । यस्तै शर्मालाई उक्त कार्यमा संलग्न रहेकोले आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।