एक लाख एकावन हजार नक्कली नोटसहित गोंगबुबाट एक जना पक्राउ

 संवाददाता    २०७५, २७ माघ आईतवार १३:३६     300 जनाले पढ़िसके



Spread the love

माघ २८। प्रहरीले काठमाडौँको गोगंबुबाट ठुलो परिमाणमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो।गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए।नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन्। प्रहरीले कुँवरको दराजबाट एक हजार दर का ११ वटा र मियाँको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो। मियाँको खोजी भइरहेको निरीक्षक केसीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नक्कली नोट बजारमा पठाएको हुन सक्ने भएकाले नोटको कारोबार गर्दा ध्यान दिनसमेत अनुरोध गरेको छ।गत कार्तिममा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मच्छेगाँउबाट कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्नेलाई पक्राउ गरेको थियो। प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटका लागि आवश्यक कागज र नक्कली नोटसमेत बरामद गरेको छ। प्रहरीले उनीहरूबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको थियो।त्यस्तै गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।