अब नेपालमै १२ लाखमा ४ कोठे आकर्षक घर बन्ने, यो कम्पनीलाई दिनुस् बनाउने जिम्मा

 संवाददाता    २०७५, २७ माघ आईतवार ११:३०     576 जनाले पढ़िसके



Spread the love

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ। फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो। रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो।

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ।कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ। सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ।

त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ। १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए।

दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ। अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए।

महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने बताए।

यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ। खबरआजको बाट साभार