ओलीको भनाइ: राष्ट्रपतिले जुक्तिसाथ सबैमा सहमति जनाइरहेका छन्

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार १३:५५     13 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै संविधान विपरीत गतिविधि हुँदा पनि रबर स्टाम्प बनेको बताए।

उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबर स्टाम्प बनेर जुन चिज गर्न नपर्ने हो, संविधानको रक्षक र पालकको हैसियतमा, त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो, त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गर्नुभएको छ।’

उनले राष्ट्रपतिले बडो जुक्ति लगाएर एकपछि अर्को गर्दै लोकतन्त्र सिद्ध्याउने कदममा लागेको आरोप लगाए।

ओलीले थपे, ‘यो कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुनु हुँदैन। नेकपा एमाले देशप्रति, जनता प्रति, लोकतन्त्र प्रति, शान्ति प्रति, सुशासन र विकासका सङ्कल्प प्रति प्रतिबद्ध पार्टी हो। यो कुनै त्रासबाट, खुट्टा कमाएर चल्ने पार्टी होइन। त्रास भन्दा, डर त्रास भन्दा, भय भन्दा मुक्त भएर माथि उठेर देश प्रति समर्पित भएर त्याग र बलिदानका भावना साथ लडेर यहाँ सम्म आएको छ। त्यसै गरी लडेर नै अगाडि जानेछ।’