सरकारप्रति ओलीको चेतावनीपूर्ण टिप्पणी, ‘उत्ताउलिएर अघि नबढ्नू’

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार १३:०६     22 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।

उनले भने, ‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’

विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

वर्तमान परिस्थितिको गहिरो समीक्षा गर्दै पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र सङ्गठित बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताए । उनले भदौ २३-२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको जिकिर गरे ।

गत फागुनको निर्वाचन तमासामात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको जिकिर गरे ।