निर्वाचनपछिको मौनता तोड्दै सार्वजनिक कार्यक्रममा सहभागी भए ओली

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार १२:२१     19 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)को दुई दिने राष्ट्रिय कार्यशाला सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। बुधबार काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा गमलामा रोपिएको विरुवामा पानी हालेर अध्यक्ष ओलीले कार्यशालाको उद्घाटन गरेका हुन्।

एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला देशभरका नेता सहभागी छन्।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुख, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुख सहभागी रहेका छन्।