नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग दोहोर्याएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने अडान सुनाए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्त अत्यन्तै त्रुटिपूर्ण र आपत्तिजनक ठहर भएको जिकिर गरे।
उनले भने, ‘प्रधानमन्त्रीले तयारी नगरिकन आफ्नो स्टेटमेन्ट दिनुभएको छ भने त्यो चिन्ताजनक विषय हो, तर सोचे सम्झेरै यदि उहाँले यो स्टेटमेन्ट आफ्नो दिनुभएको छ भने त्यो खतरनाक संकेत हुन सक्छ। यो राष्ट्रिय सुरक्षा सम्बन्ध, राष्ट्रिय सुरक्षा सम्बन्धमा चाहिँ यो गाँसिएको विषय हो।