गंगा नदीमा दुर्घटना : हुरीले पल्टायो यात्रु बोकेको डुंगा

 संवाददाता    २०८३, १४ जेष्ठ बिहीबार ११:४३     21 जनाले पढ़िसके



Spread the love

बिहीबार बिहान पटनाको गंगा नदीमा डुङ्गा पल्टिएको छ।

पटना जिल्ला प्रशासनले अहिलेसम्म दुई जनाको शव निकालिएको बताएको छ।

अरु सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। उद्धार जारी छ।

प्रशासनका अनुसार बिहीबार बिहान ५:४५ बजेतिर बाढ उपविभागको उमानाथ घाटनजिकै बिन्द टोलीबाट सो डुंगामा १४ जना समस्तीपुर जिल्लाको मोहिउद्दीननगरको सुल्तानपुर डायरातर्फ जाँदै थिए।

मानिसहरू प्रायः लौका टिप्न र अन्य कृषि उद्देश्यका लागि त्यहाँ जान्छन्।

फर्कने क्रममा तीव्र हुरीका कारण समस्तीपुरको सुल्तानपुर डायरा नजिकै डुङ्गा पल्टिएको हो।

यो समाचार लेख्दासम्म सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। अहिलेसम्म दुई जनाको शव निकालिएको छ।