टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका ७ जवान बेहोस

 संवाददाता    २०८३, ८ जेष्ठ शुक्रबार १२:२१     14 जनाले पढ़िसके



Spread the love

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज (शुक्रबार) बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका छन्।

सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेहोस भएका ५ जनाको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

२ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए।