सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १:४३ बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु गरिएको हो।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक बसेको हो।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा- २०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।