श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ ।
सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहँदा त्यसको विपक्षमा उभिएका अध्यक्ष हर्क साम्पाङले संगठित गर्ने अभियानलाई पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।
उनले भनेका छन्, ‘देशैभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ ।’
उनले यो देश गरिबको पनि भएको भन्दै सुकुमबासी र अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टी पार्टीले गर्ने जनाएका छन् ।
साम्पाङले थपेका छन्, ‘सुकुमबासी तथा अव्यवस्थित बसोबासी हो होसियार रहनु है ! संगठित भई बस्नु ! सरकारको चाला ठिक छैन ! श्रम संस्कृति अभियन्ता हो निर्धा दुब्ला र गरिबहरूको पक्षमा उभिनु !’