सुदूरपश्चिमका सवालमा प्रधानमन्त्री शाह सक्रिय, सांसदसँग छलफल

 संवाददाता    २०८२, १७ चैत्र मंगलवार १४:००     21 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा जारी छ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रतिनिधिसभाका सांसदहरूसँग क्रमश: छलफल गरिरहेका छन्।

यसअघि सोमबार उनले कोसी प्रदेश र कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टै छलफल गरेका थिए।