प्रशासनको डोजर साततलेमा, लालपुर्जा–नक्सापास बेकार

 संवाददाता    २०८३, २० बैशाख आईतवार १२:१९     77 जनाले पढ़िसके



Spread the love

अनामनगरको धोविखोला करिडोरमा रहेको साततले भवनमा डोजर चलाइएको छ । सरकारी जमिन केही अतिक्रमण भएको भन्दै घरमा डोजर चलाइएको हो ।

घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए । उच्च अदालतले यो सरकारी जग्गा नभएको भनेर आदेश गरेको उनको भनाइ छ ।

तर, अहिले घरमा डोजर चल्न थालिसकेको छ । दुईवटा डोजर प्रयोग गरिएको छ । त्यसअघि सुरक्षाकर्मीले घरबाट सामान निकालेका थिए ।