रोल्पामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते

 संवाददाता    २०८३, १७ बैशाख बिहीबार १६:१४     5 जनाले पढ़िसके



Spread the love

रोल्पामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ।

बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, रोल्पाको थवाड गाउँपालिका-१, जलजलामा बोलेरो दुर्घटना भएको हो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एक जना भने सामान्य घाइते छन्।

घाइतेको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउन लागिएको प्रहरीले जनाएको छ।