अस्पताल पुगेर प्रचण्डले गरे ओलीसँग भेटवार्ता

 संवाददाता    २०८३, ४ बैशाख शुक्रबार १२:०३     33 जनाले पढ़िसके



Spread the love

अस्पतालमा उपचार गराइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक प्रचण्ड टिचिङ अस्पताल पुगेका छन्।

पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए ।

‘हिजो अस्पतालले अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सार्‍यो, त्यसपछि स्वास्थ्यलाभको काम गर्न प्रचण्ड कमरेड पुग्नु भएको थियो’, एमाले सचिव भानुभक्त ढकालले भने, ‘भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित थियो।’

नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। एमाले–नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको छ।