भारतीय गायक तथा र्‍यापर बादशाहले गरे दोस्रो बिहे

 संवाददाता    २०८२, ११ चैत्र बुधबार १३:०४     90 जनाले पढ़िसके



Spread the love

चर्चित भारतीय गायक तथा र्‍यापर बादशाहले बिहे गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले पञ्जाबी अभिनेत्री तथा मोडल ईशा रिखीसँग दोस्रो विवाह गरेका हुन्।

उनीहरू करिब चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। इशाकी आमा पूनमले इन्स्टाग्राममा दुवैको तस्वीर सार्वजनिक गरेपछि उनीहरूको बिहेको कुरा बाहिरिएको हो।

सार्वजनिक तस्विरमा उनीहरू दुलाहा-दुलहीको रूपमा देखिन्छन्।

त्यही पोस्टमा उनीहरूको एउटा भिडियो पनि छ, जसबाट विवाह निकै निजी रूपमा सम्पन्न गरिएको देखिन्छ। एउटा भिडियोमा बादशाह र ईशा एकअर्कालाई माला लगाउँदै गरेको देखिन्छ।

यसअघि बादशाहले जैस्मिन मसीहसँग विवाह गरेका थिए। उनीहरूकी एक छोरी पनि छिन्। सन् २०२० मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।