लुम्बिनीबाट अर्का सांसदले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले आज राजीनामा दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-४ मा उम्मेदवारी दिने बनियाले जानकारी दिए ।