टिकटकमा एकअर्काका धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ।
धनुषाबाट सुरु भएको घटनाको असर भारतसँगको सीमावर्ती सहर वीरगञ्जसम्म फैलिएको छ। अहिले त्यहाँ प्रदर्शन भइरहेको छ।
पछिल्लो सुरक्षा स्थितिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले धनुषा र पर्सासहित मधेसका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।
नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार पछिल्लो अवस्था विश्लेषण गर्दै प्रदेशका सबै जिल्लामासुरक्षा कडा पारिएको छ। ‘हामीले कानुन बमोजिम नियन्त्रणमा लिने, कारवाही गर्ने काम गरिरहेका छौँ। सबै तिर सुरक्षा सतर्कता बढाइएको छ’, उनले भने।