नेपालमा सार्वजनिक यातायातको क्षेत्रमा पोडवेको आवश्यकता

 पोडवे     ७ पुष २०८०, शनिबार ०९:५१     206 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा नयाँ आयाम दिने उद्देश्यका साथ पोड–वे नेपाल कम्पनीले विभिन्न स्थानमा पोड–वे निर्माणको योजना अघि बढाएको छ । आधुनिक प्रविधिको यो यातायात जस्तोसुकै उकालो, ओरालो ठाउँमा पनि सजिलै छोटो समय र पुर्वाधारका लगानी मध्ये सस्तो लगानीमा निर्माण गर्न सकिन्छ ।

 

यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसके पश्चात् एक सय कि.मी. पोड–वे करिब १८ देखि २४ महिनाभित्रमा निर्माण गर्न सकिन्छ । यात्रु ओसारपसार तथा मालसामान ढुवानीमा यसको प्रयोग प्रभावकारी हुन्छ ।

पोड–वे स्वचालित नियन्त्रण प्रणाली मार्फत नियन्त्रण गरी एक ठाउँबाट अर्को ठाउँमा सहजै यात्रा गर्न सकिने विद्युतीय सार्वजनिक यातायात हो । करिब ४० वर्षदेखि यो प्रविधिमाथी अध्ययन गरि सार्वजनिक यातयातको रुपमा विस्तार गर्न सकिने पुष्टि गरेका यसका जननी डा. एनाटोली युनिस्की हुन।

पोडवेका अनुसन्धाता डा. एनाटोली युनिस्की

यो १५० किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्न सक्छ । बिजुली गएमा १२० किमीसम्मको ब्याट्री ब्याक–अप हुन्छ । एसी चलाएमा ८० किमीसम्मको ब्याक–अप हुन्छ । त्यसैले यात्रुहरूलाई यात्रा अवधिभर विद्युत कटौतीको महसुस नै हुँदैन । एउटा पडमा एकैपटक दुईदेखि ४२ जनासम्म यात्रुहरूले यात्रा गर्न सक्छन् । यो स्ट्रीङ्ग अर्थात केही सेन्टिमिटर ट्र्याकमा झुन्डिएर कुद्छ । यसको खम्बा हरेक २ किमिसम्मको दुरीमा राख्न मिल्छ । जसले गर्दा निर्माण गर्ने समय र लागतमा पनि कम हुन जान्छ ।

पोड–वे सञ्चालनमा ल्याउन सके डिजेल र पेट्रोल जस्ता इन्धनको खपत न्यूनिकरण हुनुका साथै व्यापार घाटामा कमी आउँछ र राज्यको धन विदेशिनबाट जोगिन्छ ।

नेपालको एउटा पहाडबाट अर्को पहाडमा सहजै यात्रा गर्न सक्ने सुविधा यसले दिन्छ । दुर्गम क्षेत्रसम्मको यात्रा सुरक्षित र भरपर्दो पनि हुन्छ । त्यस क्षेत्रको उत्पादनलाई बजारसम्म पुर्‍याउन मद्दत गर्छ । आन्तरिक तथा बाह्य पर्याटकलाई पनि आकर्षित योग्य छ ।

पोड–वेको विकासले रोजगारीको अवसर सिर्जना गर्छ । यसको विकास गर्दा थोरै किलोमिटर निर्माण गरी धेरै भाडा लिने भन्दा पनि धेरै किलोमिटर निर्माण गरेर सस्तोमा सुविधा उपयोग गर्न योग्य छ।

कन्टेनर

सार्वजनिक यातायातको दिगो समाधानको उपाय

दैनिक हुने सडक दुर्घटनाले नेपालमा वर्षमै हजारौको ज्यान जाने गरेको छ । कतिपय अंगभङ्ग हुने गरेका छन् ।

दुर्घटनाको तथ्यांक भयावह छ । दुर्घटनाबाट दैनिक औसतमा ज्यान गुमाउनेको संख्या १२ जनाभन्दा बढी छ । सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गइरहेको छ । डब्लुएचओको तथ्याङ्कअनुसार गम्भीर किसिमका घाइते हुनेहरूको संख्या ज्यान गुमाउनेहरू भन्दा दुई गुणा बढी छ । आजको युगमा मानव जीवनभन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन ।

वार्षिक देशभर समग्र मृत्युको २.९० प्रतिशत चाहिँ सवारी दुर्घटनाबाट हुने गरेको छ । भौतिक सम्पत्ति क्षतिको हिसाब वार्षिक खर्बौमा हुने गरेको छ । नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी मोटरसाइकल हो । कुल सवारी साधनमा मोटरसाइकलको संख्या ७८ प्रतिशत र कार दर्ता १६ प्रतिशत रहेको छ । यो तथ्यांकले हाम्रो देशको सार्वजनिक यातायातको सेवा सुविधालाई गिज्याइरहेको महसुस हुन्छ।

सडक जाम र वायु प्रदूषण वर्षौंदेखि तीव्ररूपमा बढ्दै गइरहेको छ । तैपनि आगामी दिनमा सहरी जनसंख्याको न्यूनीकरण र निजी सवारी साधनको माग कम हुने संकेत देखिदैन । सम्भव भए पनि जीर्ण र दिगो यातायात प्रणालीलाई सुधार गर्न सरकारी संयन्त्र उदासिन छ ।

यो तथ्यांकलाई घटाउनको लागि बलियो नीति कार्यान्वयन, विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन र सार्वजनिक यातायातका वैकल्पिक साधनको व्यवस्था गर्न आवश्यक छ ।

सार्वजनिक यातायातमा दिर्घकालिन आवश्यकता

स्थिर सार्वजनिक यातायात प्रणालीले ठूलो लगानीको माग गर्दछ । चुनौतीहरू पनि असंख्य छन् । स्रोतको (वित्त) कमी, प्रविधि र पूर्वाधारको अन्तर, योजना स्तरमा ज्ञानको अन्तर तथा कमी, राजनीतिक तहमा तीव्र इच्छाशक्तिको अभाव र समग्र नीतिगत समस्याले नेपालमा सार्वजनिक यातायात अस्तव्यस्त बनिरहेको छ ।

 

योजनाविदहरुले काठमाडौं सहरमै फरक–फरक विकल्प खोजिरहेका छन् । मेट्रो रेल, बस र्‍यापिड ट्रान्जिट र अर्बन केबलकार प्रणाली जस्ता विषयमा छलफल हुने गरेको छ । तर, आजसम्म सही विकल्पमा राजनैतिक तथा प्रशासनिक नेतृत्व पुग्न सकेको छैन ।

सन् २०३० सम्म नेपालले हासिल गर्नै पर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रिय योजना आयोगले सस्टेनेबल डेभलपमेन्ट गोल्स नेशनल रिपोर्ट (प्रिलिमिनरी) २०१५ तयार गरेको छ । जसमा प्रत्येक लक्ष्यका समयबद्ध सूचकहरू निर्धारण गरिएका छन् ।

लक्ष्यका सूचकहरूलाई हालको अवस्था, सन् २०१७, २०२०, २०२२, २०२५ र २०३० सम्मका समयसीमामा ढालिएका छन् । ग्लोबल वार्मिङका कारण हामीसँग ऊर्जाको हरित वा नवीकरणीय स्रोतहरूबाहेक अरू कुनै विकल्प छैन । त्यसैले यसको वैकल्पिक उपायकोरूपमा पोड–वे आएको छ । यसले अस्तव्यस्त काठमाडौंको ट्राफिक जामको विकल्प दिन सक्छ भने । भौगोलिक रुपमा सडक निर्माण कठिन र समय धेरै लाग्ने हाम्रो देशको पहाडी क्षेत्रमा पोडवेको निर्माण सस्तो,छिटो र कम लागत हरेक हिसाबले उपयोगी रहेको छ।

तसर्थ हामी भन्छौं सार्वजनिक यातायातमा एकमात्र विकल्प पोडवे हुनसक्छ। नेपालका नेतृत्वले यसलाई आफ्नो रणनीतिक विकासको लक्ष्यमा लग्ने अठोट गरेमा आगामी दिनमा नेपालको सार्वजनिक यातायात विश्वमै उदाहरण बन्न सक्नेमा दुइमत छैन। यसलाई समयमै अपनत्व लिएर यथासक्य छिटो डिपिआर र निर्माणमा जानू आजको आवश्यकता हो। समय गतिशिल छ यसले कसैलाई पर्खदैन यसै त हाम्रो देशमा आयोजनाहरु समयमा सम्पन्न नहुने रोग बसिसकेको छ। त्यस भाष्यलाई परिवर्तन गर्न आजको नेतृत्व बोल्ड हुनैपर्ने आवश्यकता टड्कारो छ।