कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। आँटेका काममा सन्तान र अनुयायीको सहयोग जुट्नेछ।