सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिहान अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसाेदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।